


दाबी भुक्तानीमा शिखर इन्स्योरेन्सको अब्बलता झल्किदै




काठमाडौं । राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिवद्धता अनुरुप भाद्र २३ र २४ गतेको असहज घटना तथा परिस्थितिका कारण शिखर इन्स्योरेन्सका विमितहरुको सम्पत्तिमा भएको क्षतिहरुको बीमा दाबीको भुक्तानी शिखर इन्स्योरेन्स कम्पनीबाट दु्रत गतिमा हुँदै आएको जानकारी कम्पनीले दिएको छ ।
उसले कम्पनीमा कुल १७४ विमितहरुबाट ४३३ वटा बीमा दाबी प्राप्त भएकोमा हालसम्म २२४ वटा बीमा दाबीको रु. ४३ करोड भुक्तानीे भएको छ । कम्पनीमा हालसम्म प्राप्त बीमा दाबी संख्याको ५२ प्रतिशत दाबीको भुक्तानी भएको जनाएको हो ।
यस्तो छ शिखरको विज्ञप्ती :
कम्पनीमा हालसम्म परेको कुल दाबी रकम रु.२४१ करोड मध्ये कम्पनीको खुद हिस्सा करिब रु.३७ करोड मात्र हुने समेत जानकारी गराउन चाहन्छौं ।
कम्पनीले विमितहरुबाट बीमा दाबीका लागि आवश्यक कागजातहरु पूर्ण रुपमा प्राप्त नभएको अवस्थामा समेत भौतिक रुपमा दाबी यकिन गरी क्षतिको प्रकृति अनुरुप सर्भेयरको प्रतिवेदनको आधारमा
विमितहरुलाई अग्रिम दाबी भुक्तानी गर्दै आएका छौं ।
यस विषम परिस्थितिमा विमितहरुबाट बीमा दाबीका लागि आवश्यक कागजात पेश गर्ने सन्दर्भमा प्रहरी कार्यालयबाट आवश्यक प्रहरी प्रतिवेदन तथा पूर्ण रुपमा जलेर नष्ट भएको मोटरको दर्ता खारेजको
प्रमाणपत्र प्राप्त हुन भएको ढिलाइको कारण बीमा दाबीको पूर्ण रुपमा फछ्र्यौट गर्न विलम्व भइरहेको हुँदा सम्बन्धित निकायहरुबाट बीमा दाबीको लागि आवश्यक कागजात सहज रुपमा यथाशिघ्र उपलब्ध
गराइदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।
दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छौं भने कम्पनीबाट खटाइएका सर्भेयर तथा
कम्पनीका कर्मचारीहरुबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छौं ।
कम्पनीबाट ग्राहकहरुलाई सरल तथा सहज बीमा सेवा प्रदान गर्ने उद्धेश्य सहित ३६५ दिन तथा २४ घण्टा उपलब्ध हुने गरी कल सेन्टर सेवाको समेत सुरुवात गरिसकेको जानकारी गराउन चाहन्छौं ।
बीमा दाबी सम्बन्धमा कम्पनीबाट खटाइएका कुनै सर्भेयरको सेवा सम्बन्धमा केहि गुनासो भएमा वा बीमा दाबी सहजिकरणका लागि कम्पनीको सम्बन्धित कर्मचारी वा दाबी विभागमा सम्पर्क गर्नुहुन समेत
अनुरोध गर्दछौं । यसका लागि विस्तृत सम्पर्क ठेगााना तथा नम्बरहरु कम्पनीको वेवसाइटमा उल्लेख गरिएको छ ।
आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिवद्ध रहेको छ । कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको
आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।