


बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण




काठमाडौं । नेपाल बीमा प्राधिकरणले असोज २८ गते भोलिदेखि लगातार ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ।
प्राधिकरणले असोज २८, २९, ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको हो। परीक्षा अनलाई माध्यमबाट हुनेछ।
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता अर्थात् अभिकर्ताहरूको परीक्षा लिएर मात्रै इजाजतपत्र (लाइसेन्स) दिने व्यवस्थ गरिएकाले प्राधिकरणले समयसमयमा यस्तो परीक्षा सञ्चालन गर्दै आइरहेको छ।