


अब डेबिट कार्ड प्रयोग गर्दा निक्लिदैन पहिलेको जस्तो रकम




काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय (नेपाल राष्ट्र बैंक) ले नयाँ निर्देशन जारी गरेको छ । त्यस्तो निर्देशन अनुसार डेबिट कार्डबाट गरिने कारोबारको रकम सीमा घटाइएको हो।
हिजो साँझ राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढ्वा दिने भन्दै विगतमा डेबिट कार्डमार्फत हुँदै आएको कारोबारको सीमामालाई खुम्च्याएको छ। सोही निर्देशन जारी भएसँगै अब कुनै पनि डेबिट कार्ड प्रयोगकर्ताले एक खेपमा २० हजार, प्रति दिनमा ५० हजार र प्रति महिना ३ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न मिल्ने भएको हो ।
त्यस्तो नियम आनु अघि डेबिट कार्डबाट एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो भने प्रति दिन १ लाख एवम् महिना भरीमा ४ लाख रुपैयाँसम्म निकाल्ने मिल्ने व्यवस्था थियो ।
यद्यपी क्यूआर नचलेको बेलामा, इन्टरनेट सुविधाबाट टाढा रहेका नागरिकका हकमा र हतारमा पैसा निकाल्नु पर्ने बेलामा रकमको सिममा घट्दा त्यसको प्रभाव कस्तो हुने हो ? भन्ने समिक्षा हुन बाँकी नै छ ।