


प्रभु केवलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासन गर्ने




काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पुस २६ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासन गर्ने जनाएको छ ।
कम्पनीले सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ ।
यस्तै लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, प्रबन्ध पत्रको दफा (६) संसोधन गर्ने, सर्वसाधारणमा सेयर जारी गरे पश्चात् प्राप्त हुने सेयर पुँजीको उपयोग गर्ने प्रस्ताव रहेको छ ।