


सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?




काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यले भने तोलामा ६० रुपैयाँले बढेर ऐतिहासिक उचाइ बनाएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।