


दिन दिनै सुनको मूल्यमा नयाँ रेकर्ड




काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाउँदै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्ला दिनदेखि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुन आज पनि तोलामा १२ सयले वृद्धि हुँदै रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यही सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाउँदै प्रतितोला ३ हजार २५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।