


२३ सयले बढ्यो सुनको मूल्य




काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको अवस्था छ। हिजो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको जनाइएको हो।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ। आज पनि चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्य रहेको छ ।