


सीईओसँग एक दशक




काठमाडौं । एक यूवा जसलाई कुनै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भेट्ने इच्छा हुन्छ । उसले आफ्नो पाईला कुनै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बस्ने कार्यकक्षतर्फ अघि बढाउँछ । तर, उसले बाहिर नै टाँगिएको देख्छ, सीईओ भित्र, सीईओ बाहिरदेखि सीईओ व्यस्तसम्मका बोर्डहरु ।
यसैगरी सामान्य भेटघाटको लागि जो कोही पनि एक ग्राउण्ड लेभलबाट सीईओ भेट्न दौडधुप गर्छ भने उनका पनि संर्घष सानो हुँदैनन् । चाहे उनी कलाकार हुन् वा पत्रकार । कारण अति व्यस्त तालिकामा गुज्रिनु पर्ने र हाइलेवल इचिभमेन्टका टार्गेट बोकेका सीईओहरुसँग आल्तु फाल्नु समय नहुनु सामान्य पनि हुनसक्छ ।
कतिपय सीईओहरुले जो कोही भेट्ने गर्छन् । उनीहरु आफ्नो तालिका अनुसार र कामको विशेषताका आधारमा छुट्याउनु पर्ने र महत्व दिनुपर्ने व्यक्तीमा समयको अन्तर रहन सक्छ ।
अब एक नयाँ व्यक्तीले बिस्तारै जब कुनै ठूलो अर्बौ रुपैयाँ चुक्ता पुँजी भएको कम्पनी चलाउने व्यक्ती भेट्छ त्यसले समेत व्यक्तीमा केही सकारात्मक प्रभाव पार्ने भेट्टीएको छ ।
कारण, सीईओहरु व्यवस्थापनमा अब्बल हुने भएका पनि हुनसक्छ । एक त सीईओहरुले गर्ने संचार कौशल या भनौ उनीहरुले लवाई खुलाई र सरल जीवन शैली पनि कतिपय नयाँ यूवाहरुको माझ ठूलो शिक्षा र प्रेरणा बन्न सक्छ ।
पंक्तीकार समेत आफ्नो जीवनको दुई बिसको छेउछाउमा यस्तो सुनौलो मौकामा जोडिने अवसर पाउँछन् । करिब एक दशक छेउछाउ काम गर्दै गर्दा अहिले सीईओहरुसँगको बसाई करिब दैनिकी नै बनिसकेको अवस्था छ । यस्तो बेलामा आफूले पाएको अवसरलाई दुई चार शब्द भए पनि कोर्न र नव युवाहरुमा समेत केही प्रेरणा मिलोस् भन्नेमा पंक्तीकारले केही कोरेका छन् ।
सुरुवाती चरणमा
कतिपय सीईओहरु साच्चै सरल हुन्छन् । नहुन पनि कसरी किनकी यहाँ त विभिन्न व्यक्तीहरु विभिन्न परिस्थितीमा सीईओ बनेका छन् । भनाईको मतलब हुन सक्छ एकातिर व्यक्तीगत अनुभव र क्षमताका कुराहरु भने अर्कातर्फ उहाँहरु जोडिनु भएका बैंक, वित्तीय संस्था, बीमा कम्पनी र अन्य कम्पनीको वास्तविक अवस्था ।
कतिपय अवस्थामा सीईओहरुको २ किसिमको चेम्बर रहेको भेटीन्छ । एक ओपन चेम्बर जहाँ सिधै भेट्न सकिन्छ । दोस्रो क्लोज चेम्बर जहाँ सेक्रेटरीहरुलाई जानकारी गराएर भेट्न सकिन्छ । मुख्य गरेर विदेशी लगानीबाट संचालित कम्पनीहरुका सीईओहरुलाई सेक्रेटरीको सहायताबाट भेट्न सकिन्छ ।
टार्गेटका प्रेसरले पनि हुनसक्छ अधिकांश अवस्थामा सीईओहरु हतार-हतार र व्यक्त तालिकामा नै भेटिन्छन्। कारण, हुनसक्छ उनीहरुका लागि एक-एक पलको पनि ठूलो महत्व रहने गर्छ ।
कतिपय अवस्था २, ५ मिनेटमा नै सीईओहरुको संवादबाट केही अंशहरु सुन्ने र आँकलन गर्ने हो भने उनीहरुले केही बेरमा नै अर्बौ रुपैयाँको व्यापार व्यवस्थापन गर्नु पर्ने अवस्था आइलाग्छ । त्यस्तो अवस्थामा कतिपय अनुभवि सीईओहरुले सुनाउने गर्छन् जाहिले पनि सीईओले कति धेरै तलब खाएको भन्ने चर्चा हुन्छ तर वास्तामा ती व्यक्तीहरुलाई सीईओले कति कुराहरु व्यवस्थापन गर्नु पर्छ भन्ने कुरा केही कम नै थाहाँ छ ।
देशमा रहेका ठूला कलाकारहरु, ठूला लेखकहरु र कुनै पनि क्षेत्रमा विज्ञहरुको पारिश्रमीक राम्रै हुने गर्छ । आर्थिक क्षेत्रका वित्त प्रमुखहरु त्यस्ता व्यक्ती समेत हुन जसले त्यस्तो ठूला पारिश्रमिक तिर्न र एकै पटक ठूला कार्यक्रम आयोजना गर्न सक्ने किसिमको ठूलो कम्पनी निर्माणमा योगदान पुर्याएका हुन्छन् । या भनौ कम्पनीलाई नाफामा लगेका हुन्छन् ।
संचालक समितिसँग सहकार्य गर्दै आफ्ना कार्य कौशल प्रयोग गर्नु र आफ्ना नेत्तृत्वमा रहेका कर्मचारीहरुको समेत उच्च मनोवबल कायम राख्नु सधैं एउटा सीईओको लागि चुनौतिको विषय हो । कारण, बजारीकरणको व्यवसायमा यस्ता त्रिपक्षिय रणनीति बिना उभभोक्ता हितका नीति निरर्थक साबित हुन जान्छ ।
बजारमा घटेका घटनाहरुमा अपडेट रहनु पनि कुनै पनि सीईओहरुलाई उत्तिकै जरुरी छ । आज त्यही कम्पनी अगाडी छ जस्को सूचना प्रवाहका रणनीतिहरु समेत राम्रा छन् ।
वित्तीय क्षेत्रमा यसो भनसुनमा वा रहरले ठूलो पोस्टमा पाइला टेक्न पुगेकाहरु उदाएको केही समयमा समेत अर्के बाटो खेप्नु पर्ने अवस्था छ । कारण, जस्ले साच्चैको मिहिनेत गरेको हुन्छ उसलाई बजारले चिनेको हुन्छ । या भनौ उसले समेत आफ्नो बजार बनाएको हुन्छ । त्यस्ता व्यक्तीले आफ्नो मिहिनेतलाई निरन्तरता दिएको अवस्थामा मात्रै बजारका नयाँ नयाँ माग र उत्पादनमा सीईओहरु स्वयम रचनात्मक बन्न पुग्छन् ।
तलब खानलाई सीईओ हुने होइन
अधिकांश सीईओहरुलाई तलबको पर्वाह छैन । कारण, उनीहरुले गरेका राम्रा पर्फमेन्सका कारण उल्टै कम्पनी तलब माथि विभिन्न सेवा सुविधा बढाएको दिएको अवस्था छ । र, कतिपय अवस्थामा पनि ती तलबमा पुराना सीईओहरुको विज्ञताका आधारमा न्याय भयो कि भएन भन्नेसम्मका प्रश्उन उठ्ने गरेका छन् ।
मैदानमा कुन खेलाडीले कति पसिना बगायो भन्दा पनि कस्ले कति गोल हान्यो भन्ने कुराले मान्यता पाउने गर्छ । त्यसरी नै कुनै पनि सीईओहरु अफिसमा कति बसे, कतिवटा शनिाबार घर बसेनन् भन्ने कुराको खासै गणना नहुने रहेछ ।
अहिले ५ अर्ब रुपैयाँको बराबरको व्यवसाय गरेका सीईओले आफ्नो कार्यकालमा जम्मा २,५ करोड रुपैयाँ मात्र हात पार्ने सुनाउँछन् । भनाईको मतलब होटलमा तपाईले बिहानदेखि बेलुका खाना बनाउनु भयो भने तपाईलाई त्यही होटलमा नै खाने व्यवस्था गरे जस्तै देखिन्छ कतिपय व्यवसायहरु ।
निर्णय गर्ने क्षमता मुख्य
विगतमा आलटाट गर्ने झुलाउने वा झुम्याउने समेतका व्यक्तीहरु कुर्सीमा रहेको पाइन्थ्यो । यसरी हेर्दा कुनै पनि क्षेत्रमा राम्रा शिक्षक, राम्रा कृषक, राम्रा चालकदेखि केही खराब व्यक्ती समेत जोडिने जस्तै केही सीईओहरुको मनसाय नै कमाउ धन्दा, छोटो र क्षणीक लाभमा केन्द्रित हुने गरेका थिए ।
यति प्रष्ट हुने समेत पंक्तीकारले अनुभव बटुल्ने मौका पाएको छ कि पारदर्शीता नभएक कुनै पनि व्यक्ती पिउन हुन वा सीईओ ती व्यक्ती क्षणीक नै हुन् ।
विगतमा लामो समयदेखि ठूला कम्पनीको संस्थापक समेत भएक व्यक्तीहरु ती नै हुन्, छन् जसले हालसम्म पनि निकै ठूलो व्यवसाय गरेर देश र विदेशमा समेत आफू आबद्ध कम्पनीहरुको नाम रोशन गरेका छन् ।
सीईओका पनि आफ्नै संघर्षका कथाहरु छन्
सीईओका पनि आफ्नै संघर्षका कथाहरु छन् । विभिन्न पारिवारिक पृष्ठभुमिबाट विभिन्न अनुकुल र प्रतिकुल अवस्थामा आफ्नो करियर र विभिन्न क्षेत्रको विश्वासमा जो कोही शतिशाल भएर उभिन खोज्छ भने उनले खेप्ने हण्डर पनि के चानहुने होलान् र ।
कतिपय सीईओले आफ्ना करियरमा एउटा फिल्डमा जाने लक्ष्य बोकेको बेलामा झुक्किएर अर्को फिल्डमा आएर सफल भएको समेत सुनाउँछन् । कतिपय बैंकहरुले आफू बैंकरको छोरा रहेकाले बैंकर बनेको समेत गर्वका साथ सुनाउँछन् ।
त्यस्तै, सानोमा पैसा गन्ने ठूलो रहर भएका व्यक्तीहरुको समेत बैंकमा जीवन बितेका छन् ।
अझ गाउँका दूर दराज र बैंकिग पहुँच नपुगेका ठाउँबाट शहर उक्लिएर सीईओ बन्न सफल भएका व्यक्तीहरुले कोरेका गोरेटोहरु अन्य हजारौं यूवाहरुका लागि समेत प्रेरणा बन्ने अवस्था छ ।
अझ कतिपय अवस्थामा ति यस्ता विषयको अनुमान अनुसन्धान भन्दा पनि सार्वजनिक मन्चमा केही ठूला कम्पनीका सीईओले बोलेपछि मात्रै उनले गरेका योगदानको स्मरण हुने अवस्था समेत सिर्जना भएको छ ।
अब त युवाहरुले व्यक्तीका मन, उनीहरुका बाध्यता, सफलता, कुनै पनि क्षेत्रमा कसैले साच्चै केही गर्न चाहेका छन् कि वा छैनन् भन्नेसम्मको पहिचान गर्नु पर्ने बेला आएको छ ।
कारण, रहरले कोही पनि सीईओ बन्दैन । सीईओ बन्नेले रहर पाले बस्दैन । संघर्षको किताबमा उसले केही न केही योगदान पुर्याएकै हुन्छन् ।
बाँकी सीईओहरुकै व्यक्तीगत अनुभवबाट हामीले विभिन्न विषयहरु बाहिर ल्याउने प्रयास गर्नेछौं ।
(बीमा दर्पण : डटकम मिरोर अफ इन्स्योरेन्स)