


जेनजी आन्दोलनबाट क्षती पुगेका बीमितलाई हिमालयन एभरेस्टले दियो २२ करोड




काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुमध्ये करिब २२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको हो।
सोही कम्पनीले हालसम्म बीमा भई क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दाबी बापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको अवस्था छ ।
दाबी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दाबी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोज राज लुइटेलले बताए ।
कम्पनीले दाबी भुक्तानी २१ गते मंगलबारबाट पुनः यथावत हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको कम्पनीले जनाएको छ ।
हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पुर्याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।