


जीवन बीमा कम्पनी साढे ६ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल




काठमाडौं । हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२र०८३ को दुई महिनामा ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँको नयाँ व्यवसाय संकलन गर्न सफल भएका छन्। उनीहरुले नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरुले साउन र भदौमा बैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
यता, सोही कम्पनीहरुको नयाँ व्यवसाय गत आर्थिक वर्ष २०८१र०८२ को दुई महिनाको तुलनामा १६।३९ प्रतिशतले बृद्धि भएको बेलामा कम्पनीहरुले गत आवको सोही अवधिमा ५ अर्ब ६२ करोड १ लाख रुपैयाँको बीमा व्यवसाय गरेको देखिन्छ।
त्यस्तै, तथ्यांक अनुसार दुई महिनामा पनि नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल लाइफको प्रथम बीम शुल्क ३९.११ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ पुगेको बेलामा नेशनल लाइफको १८.२७ प्रतिशतले बढेर ९२ करोड ७० लाख रुपैयाँ आर्जन गरेको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
सोही समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये चार वटाको प्रथम बीमा शुल्क आर्जनमा गिरावट आएको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।
यता, आइएमई लाइफ इन्स्योरेन्स नयाँ व्यवसाय भित्र्याउनमा आक्रामक देखिएको छ । कम्पनीले चालु आवको साउन र भदौ महिनामा मात्रै आफ्नो प्रथम बीमा शुल्क आर्जन ९१.८२ प्रतिशतले बृद्धि गरि २८ करोड ७५ लाख रुपैयाँ आर्जन गर्ने सफल भएको छ । यता, रिलायबल नेपाल लाइफ पनि नयाँ व्यवसाय भित्र्याउन आक्रामक रुपमा अघि बढिरहेको छ । कम्पनीले गत आवको तुलनामा आफ्नो नयाँ व्यवसाय ३९.५८ प्रतिशतले बढेर २८ करोड ९९ लाख रुपैयाँ पुराएको हो ।
साउन र भदौ महिनामा एलआईसी नेपालले समेत प्रथम बीमा शुल्क ३१.८७ प्रतिशतले बढाएर ४७ करोड ७० लाख रुपैयाँ पुगेको हो।