


माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न




काठमाडौँ ।माछापुच्छ्रे बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड पोखरामामा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले उक्त नगद लाभांश दशै अगाडी नै सम्बन्धित शेयरधनीको खातामा पठाइसक्ने छ । बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी १२ अर्व ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो ।
होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।