
बीमा प्राधिकरणको अध्यक्षमा शर्मा

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव जनकराज शर्मालाई प्रदान गरेको छ । उनलाई बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो ।

