


अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना विभागबाटै गर्न सकिने




काठमाडौं । अकारण रोक्किएको अनलाइन संचार माध्यमको दर्ता अब सूचना विभागबाटै हुने भएको छ । साबिकको समयमा पनि सोही निकायले हेर्दै आएको प्रक्रियालाई केही समय अघि रोक्किएको थियो ।
अहिले बनेको नयाँ सरकारद्धारा अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाट गरिने निर्णय भएको छ। त्यस्तो निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।