


मुग्लिङ–नारायणगढ सडक खण्ड शुक्रवारबाट पूर्ण रूपमा सञ्चालन हुने




काठमाडौं । मुग्लीन नारायणगढ सडक खण्ड शुक्रवारबाट पूर्ण रूपमा सञ्चालन हुने भएको छ । मुग्लीन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको पहिरो कारण अवरुद्ध भएको सडक आज रातीबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।
यस सडकमा भरेको पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्स्काभेटर– १, लोडर–१ र मुग्लिङ तर्फबाट लोडर–२, एक्स्काभेटर–१ वटा प्रयोग गरी निरन्तर रूपमा काम भइरहेको छ । यसको अलावा दुवैतर्फ १–१ वटा ब्याक लोडर तैनाथ अवस्थामा रहेका छन् ।
साथै काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको छ ।