


सामसङले दसैं लक्षित भनेर दुई स्मार्टफोनको मूल्य घटाउँदै




काठमाडौं । सामसङले दुई स्मार्टफोनको मूल्य घटाउने भएको छ। दसैं लक्षित गर्दै कम्पनीले ग्यालेक्सी जेड फोल्ड–६ र ग्यालेक्सी जेड फ्लिप–६ स्मार्टफोनको मूल्य घटाउने भएको हो।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार कम्पनीले सबै उपभोक्ताले अत्याधुनिक प्रविधि सुलभ रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यो अफर सार्वजनिक गरेको हो। ‘यी स्मार्टफोनमार्फत् उपभोक्ताले नयाँ अनुभव लिनुका साथै दसैंमा प्रियजनहरूसँगको जडानलाई अझ सुदृढ बनाउन सक्नेछन्।’
ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ वा फ्लिप६ खरिद गर्दा ५० हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्। साथै, नेपालभर रहेका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स मार्फत् यी फोनलाई ०.५ ब्याजदरमा सजिलो इएमआई योजनामा पनि खरिद गर्न सकिनेछ। यस योजनामा १८ महिनासम्मको यन्त्र बीमा समेत समावेश गरिएको छ।
हाल जेड फोल्ड–६ (१२जिबीर५१२जिबी) को मूल्य अहिले दुई लाख २९ हजार ९ सय ९९ छ। छुटपछि ग्राहकले एक लाख ७९ हजार ९ सय ९९ मा पाउँनेछन्।
त्यस्तै, १२जिबीर२५६जिबी क्षमता रहेको जेड फोल्ड–६ को मूल्य अहिले २ लाख १४ हजार ९ सय ९९ रूपैयाँ छ। छुटपछि ग्राहकले एक लाख ६४ हजार ९ सय ९९ रूपैयाँमा पाउनेछन्। त्यस्तै, जेड फ्लिप–६ को मूल्य अहिले एक लाख ३९ हजार ९ सय ९९ रूपैयाँ छ। छुटपछि ग्राहकले ९९ हजार ९ सय ९९ मा पाउँनेछन्।