

शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव सम्पन्न,लोभ लाग्दो प्रगति हात पार्न सफल




काठमाडौं । शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव समारोहमा कम्पनीमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको छ । कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको बताएको हो ।
कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हाँसिल गर्न सफल रह्यो :
१०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
२०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
३०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
४०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
५०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा
२० वर्षको समयमा रु.२० अर्व भन्दा बढीको दाबी रकम भुक्तानी
२० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी
२० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान
मर्जर विना रु.२५० करोडको चुक्ता पुँजी पु¥याउने पहिलो बीमा कम्पनी
१०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी
६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी
प्राप्त सम्मानहरु :
६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको तथा मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित भइसकेको छ ।
बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित हुँदै कम्पनीले कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मान पाएको छ ।
साथै, नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा पनि सम्मानित भएको जनाइएको छ ।