


भाटभटेनी, होटल हिल्टनमा आगो लगाउने नेपाली हैनन् अपराधी हुनः दुर्गा प्रसाई




काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजी आन्दोलनको नाममा भाटभटेनी, होटल हिल्टनमा भएको तोडफोड तथा आगजनीको विरोध गरेका छन् ।
उनले आज पत्रकार सम्मेलन गर्दै मिनबहादुर गुरुङको भाटभटेनी, होटल हिल्टनमा आगो लगाउने कार्यको निन्दा गरेका छन् । उनले भाटभटेनी र होटल हिल्टनलाई सम्पदाको संज्ञा दिएका छन् ।
‘जेनजी आन्दोलनको नाममा भाटभटेनीमा तोडफोड आगजनी भयो । यो निकै गलत काम भयो’ उनले भने, ‘भाटभटेनी भनेको हाम्रो सम्पदा हो । हिल्टन होटल भनेको हाम्रो सम्पदा हो । मिनबहादुरसँग मेरो बिमत्ती होला । तर, भाटभटेनीमा आगो लगाउनु भनेको निकै गलत काम हो । यो ठूलो अक्षम अपराध हो ।’
भाटभटेनी, होटल हिल्टनमा आगो लगाउने काम नेपालीबाट हुन नसक्ने प्रसाईले दाबी गरे ।
उनले पत्रकार सम्मेलनमा सिंहदरबार तीन दिनसम्म जल्दा मेयर बालेन साह स्टाटस लेखेर बसेको दाबी गरे । उक्त आगो निभाउन महानगरले कुनै पहल नगरेको भन्दै दुःख व्यक्त गरे ।