


पिपुल्स पावरको लिलामी शेयर बाँडफाँड




काठमाडौं । पिपुल्स पावर लिमिटेडले भदौ १५ देखि २२ गतेसम्म लिलाम मार्फत् खुला गरेको शेयर बाँडफाँड गरेको छ।
कम्पनीले यसअघि हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता शेयर लिलाम मार्फत् बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो।
बिक्री अवधिभर परेका बोलपत्रहरू भदौ ३० गते खोलेर आवश्यक प्रशोधन गरी असोज ५ गते सञ्चालक समितिको रोहबरमा आवेदककर्तालाई बाँडफाँड गरेको हो।
बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २६१.५० रुपैयाँ कायम भएको छ भने यही मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको जनाएको छ।
साथै शेयर नपरेकाहरूको रकम आजदेखि नै फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।