


नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले २५ प्रतिशत लाभांश दिने




काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । मर्चेन्टको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२।८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।