
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । उनलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा त्यस्तो जिम्मेवारी दिइएको हो ।
आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शिक्षामन्त्रीमा नियुक्त गरेको खबर छ ।