

नेपाल ल्यूब आयलको लाभांश घोषणा




काठमाडौं । नेपाल ल्यूब आयल कम्पनीको असोज १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २१.०५२६४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
त्यस्तै, जसमा बोनस सेयर २० प्रतिशत र कर सहित १.०५२६४ प्रतिशत नगद लाभांश रहेको छ भने कम्पनीले असोज ३१ गते ३४औं बार्षिक साधारणसभा बोलाएको छ । सभा द प्लाजा, पुल्चोक, ललितपुरमा हुने भएको छ।
यता, कम्पनीले सभामा २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु राखेको छ ।
त्यस्तै, कम्पनीले सभा प्रयोजनका लागि असोज १२ देखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ । असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने जनाइएको हो ।