
महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त

काठमाडौं । महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल लाई नियुक्त गरिएको छ। उनलाई प्रधानमन्त्री सुशीला कार्कीले पदमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग सिफारिस पठाएको अवस्था थियो।
यता, प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेसँगै उनै भण्डारी बराल नेपालको पहिलो महिला समेत बन्न पुगेकि हुन् ।


