
जेनजी आन्दोलनमा मृतकलाई सहिद घोषणा गर्ने, प्रतिव्यक्ति १० लाख दिइने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेलाई सहिद घोषणा गर्ने र उनीहरुको परिवारलाई १० लाख दिने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई निःशुल्क उपचार गर्ने निर्णय गरेकी छिन् ।
प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी छन् ।
अहिलेसम्म १ सय ३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मीको उपचार भइरहेको छ ।


