
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । उनले पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै पार्टी नेतृत्व छाडेको बताएकी हुन ।
रास्वपाका सबै सांसदले राजीनामा दिई सकेका छन् । उनले भने पार्टीबाट नै राजीनामा दिएको जानकारी दिएकी छिन ।उनले पार्टीलाई कहिलै गल्ती नस्विकार्ने भनेकी छिन। ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ? पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ ।’ उनले भनेकी छिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन ।’
उनले अब पार्टीले खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको जानकारी दिएकी छिन् । उनले भनेकी छिन्, ‘मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडेँ ।’ उनले कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुपर्ने बताएकी छिन् । ‘आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’ उनले भनेकी छिन् ।


