
आफ्ना माग पुरा नभए वर्तमान सरकार ढल्ने सुदन गुरुङको दाबी

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले यो सरकारले आफ्नो माग पुरा नगरेको खण्डमा ढल्ने चेनावनी दिएका छन् ।
आज रिपोटर्स आयोजित पत्रकार सम्मेलनमा गुरुङले अहिले बनेको सरकारले आफ्नो माग पुरा नभएको खण्डमा यो सरकार पनि ढल्ने चेतावनी दिए । भदौ २३ गतेदेखि जेनजीले भ्रष्टाचार रोक्नुपर्ने र कुशासन अन्त्य गर्नुपर्ने माग सहित आन्दोलन गरेका थिए ।
उक्त आन्दोलन सुरु भएको २७ घन्टाको अवधिमा सरकार परिवर्तन हुनुका साथै खर्बौै खर्बको क्षति समेत भएको छ । यो सरकारले भ्रष्टाचारको छानविन गर्नुपर्ने, कुशासन रोक्नुपर्ने रहेको छ । आन्दोलनमा ७५ जनाको निधन भइसकेको छ ।
आयोजित पत्रकार सम्मेलनमा मृतकका परिवारले न्याय पाउनुपर्ने बताए । ‘उहाँहरुको आफ्न्तले न्याय पाउनु पर्छ । आज वा भोलीसम्म उहाँहरुले न्याय पाउनुहुन्छ, माग पुरा हुन्छ’ गुरुङले भने माग पुरा नभए यो सरकार फेरि ढल्छ ।’ जुनै पनि सरकार जनताको हुनुपर्ने उनको भनाइ छ ।


