
उद्योगी व्यवसायीप्रति उदार कदम चाल्दै प्रधानमन्त्री कार्की, हुनसक्छ सफ्ट लोनको व्यवस्था

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनका क्रममा सम्पत्तिको क्षति पुगेका व्यापारी, व्यवसायी, उद्योगीलाई उठ्नका लागि सफ्ट लोन दिने संकेत गरेकी छिन् । कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै कर्मचारीले आयोजना गरेको स्वागत कार्यक्रममा यस्तो संकेत गरेकी हुन् ।
‘हामी विसम आर्थिक अवस्थामा छौं । आन्दोलनमा व्यत्तिको सम्पत्ति, ब्यापारी, उद्योगीको सम्पत्ति नासने काम भएको छ’ उनले भनिन् ‘उनीहरुलाई जसरी उभिने हो उभिनु भन्न मिल्दैन । यसमा राज्यले बिचार गर्छ । बैंकबाट सफ्ट लोन दिएर हुन्छ की यसमा हामी सोच्छौ ।’
आन्दोलनका क्रममा ठूला मात्रै नभएर साना ब्यापारी पनि लुटिएको उनको भनाइ छ । ‘यस्तो विशम परिस्थितीमा पनि ब्यापारी, उद्योगी, व्यवसायीहरुले उठने कोसिस गर्छौ, हार्दैैनौ भनेका छन् । उनीहरुले आन्तरिक बल देखाएका छन्’ उनले भनिन्, ‘सबै जलाउँदा पनि उठछु भन्ने कुरा भएको छ । यो निकै राम्रो हो । राज्यले अन्य कुन किसिमबाट सहयोग गर्ने हो सहयोग गर्छौ ।’


