
अदालत, सिंहदरबारमा आक्रमण गर्ने नेपाली होइनन, कारबाही हुन्छ, प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनमा क्रममा अदालत, सिंहदरबार, उद्योगी, प्रहरी कार्यालय, व्यवसायी, उद्योगी, ब्यापारी तथा निजी क्षेत्रको सम्पत्तिमा आक्रमण गर्नेलाई नेपाली भन्न समेत लाज लागेको बताएकी छिन् ।
आज पदभार लगत्तै कर्मचारीसँग परिचय गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘सुरक्षा निकायलाई दिएको सवारी ध्वस्त भएको छ । अब नयाँ साधान चाहिन्छ । तत्काल चाहिने राज्यका निकायमा छानीछानी हानिएको छ । अदालतको फाइल नष्ठ भएका छन् । प्रहरी चौही हानिएका छन् । देशको शासन चलाउने निकाय नष्ट भएका छन् । नेपाली भएर अदालन, सिंहदरबार हान्नेलाई कसरी नेपाली भन्ने, मलाई लाज लागेको छ’ उनले भनिन् ‘ उद्योगी, प्रहरी कार्यालय, व्यवसायी, उद्योगी, ब्यापारी तथा निजी क्षेत्रको सम्पत्तिमा आक्रमण गर्नेलाई अनुसन्धान गरेर काबारही गर्नुपर्छ ।’
यी सबै नियोजित रुपमा भएको जस्तो लागेको उनको भनाइ छ । ‘यो सबै नियोजित रुपमा भएको हुनुपर्छ’ उनले भनिन् ‘यसमा अनुसन्धान गर्न बाँकी छ । यसमा अनुसन्धान गर्नुपर्छ । माटो बाल्नेलाई छोडनु हुँदैन । खोेजबिन गर्नुपर्छ । कारबाही गर्नुपर्छ ।’ उनले आफुले चाहेर नभइ बिबसताले प्रधानमन्त्री भएको बताइन् ।
‘जनताले खोजी गरेपछि आएको हुँ, ६ महिना मात्रै काम गर्ने समय छ’ उनले भनिन, ‘त्यसपछि कुनै हालतमा पनि बस्दैनौ । नयाँ आउने संसद र मन्त्रीलाई दायित्व सुम्पने अठोट गरेको छु ।’ त्यसमा आफुलाई सबै निकायको साथ चाहिने उनको भनाइ छ ।
उनले सर्वोच्चको भवन रेक्ट्रो फिट गरेर बनाएको र त्यो प्रयोग गर्न नपाउँदै अपराधीहरुले भष्म पारेको उनको भनाइ छ । उनले कर्मचारीसँगको भेटमा युवाको सोच अनुसार काम गर्नुपर्ने जानकारी गराइन् । ‘विश्वमा कतै नभएको आन्दोलन नेपालमा भयो । २७ घन्टामा धेरै सकियो’ उनले भनिन् ‘ युवाहरुले भ्रष्टाचार रोक्नुपर्छ र भ्रष्टलाई कारबाही गर्नुपर्छ भनेका छन् । त्यो गर्नुपर्छ ।’


