

सभापति रवि लामिछानेकी पत्नीले जन्मदिन र कारागार चलान जोडेर सार्वजनिक गरिन पोस्ट




काठमाडौं । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेकी पत्नीले जन्मदिन र कारागार चलान जोडेर एक पोस्ट सार्वजनिक गरेकी छिन् । आजै पति लामिछानेको जन्मदी र आजै काराकारमा फिर्ती भएको विषयलाई उनले जोड्न चाहेको बुझिएको छ ।
यस्तो छ उनको लेख
प्रशासनले अहिले आउनु पर्दैन, बोलाएपछि आउनुस् चिन्ता नगर्नुस् भन्यो:
जनताले प्रश्न उठाइसके, म छिटो भन्दा छिटो कारागार जानुपर्छ भन्यौ ।
मलाई थाहा छ तिमी निकै बिरामी छौ, अस्पताल जाउँ पुरै शरीर चेक गराउँ भनें :
होइन म ठिक छु,प्रश्न उठेका बेलामा त्यसो गर्नुहुन्न, म कारागार फर्किन्छु भन्यौ ।
भोलि बुवाआमाको श्राद्ध छ,कम्तिमा श्राद्ध गरेर त जाउ भनें:
होइन बहाना बनाएको जस्तो हुन्छ,म कारागार फर्किन्छु भन्यौ।
आज एक दिन त बस, आज तिम्रो जन्मदिन हो भनें:
न्याय पाएपछि मनाउँला,म कारागार फर्किन्छु भन्यौं ।
तिमीसँग भेट भएदेखि पहिलोपटक तिम्रो र मेरो जन्म दिनमा तिमी र म सँगै छैनौं। म घरमा एक्लै छु तर मनभरि तिमी नै तिमी छौ ।
तिमीमाथि पाप गर्नेहरू लाई जनताले नाङ्गेझार पारे। तिमी अझै दुःख खेपिरहेका छौं । तर तिमी चिन्ता नगर, म हारेकी छैन।
त्यसमाथि हिजोबाट त देशमा नयाँ बिहानी आएको छ। आशा गर्छु त्यो बिहानीको किरण मेरो घरसम्म आइपुग्नेछ। पापीहरूले
उजाड पार्न खोजेको मेरो सुन्दर, सानो घरमा नयाँ बिहानीले पक्कै पनि उज्यालो छर्नेछ । जन्मदिनको धेरै धेरै शुभकामना ।
तिमीले न्याय पाएको दिनलाई तिम्रो नयाँ जन्मदिन मानी हामी मिलेर फेरि दही काटौला, दियो बालौला । यो घर पनि,यो देश पनि
उज्यालो पारौला । म छु, जनता छन् ,पिर नगर है ।