


क्षति पुगेका संरचना सञ्चालन गर्न कामना सेवा विकास बैंकको सहयोग




काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० लाई कार्यालय सञ्चालन गर्नका लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ ।
जेनजीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई उक्त फर्निचरहरु हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरी कार्यालय सञ्चालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आह्वहान गरे ।