
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई सेनाको अपिल
			
				
                
                                                                    
                                                                
काठमाडौं । नेपाली सेनाले शुक्रबार एक सूचना जारी गर्दै पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।
सेनाले आफ्नो आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, नोट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताएको छ।
त्यस्तै, नेपाली सेनाले स्थानीय स्तरका हेडक्वार्टरहरूसँग समन्वय गर्नका लागि ८ वटा नम्बर समेत सार्वजनिक गरेको छ।


