
यस्तो छ उपत्यकामा शुक्रबारका लागि निषेधाज्ञा र कर्फ्यूको अवस्था
			
				
                
                                                                    
                                                                
काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा र कर्फ्युको समय थप बढाएको छ । सेनाले निषेधाज्ञा र कर्फ्युको समय सार्वजनिक गरेको छ ।
उपत्यकाका तीन जिल्लामा शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा हुनेछ । यस्तै शुक्रबार बेलुका ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।
सेनाले निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवा (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने जनाएको छ ।
विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ ।


