

बीमा कम्पनीहरुले साना-ठूला जोखिमको लागि गर्छन् पुनर्बीमा




(एउटै कुरा याद गर्नु होस् कुनै पनि कम्पनीले जोखिम आई पर्दा पैसा दिन सक्दैनन् भने प्रश्न उठ्न सक्छ कसैले पनि बीमा किन गर्ने ?)
काठमाडौं । नेपालमा विगत लामो समयदेखि उठ्न आएको विषय थियो सरकारी संयन्त्रबाट बीमालाई अझै मजबुत बनाउन आवश्यक छ । कारण, दुर्घटना र भवितव्य कसैले नापेर वा आँकलन गरेर बसेको हुँदैन । तर, धेरै जसो सरकारी सम्पत्तीहरु नै बीमाको पहुँच बाहिर हुने कुरा पनि यसअघि बीमा कम्पनीहरुले सुनाउथे ।
पहिले देश विषम परिस्थितीमा छ । यस्तो अवस्थामा केही बीमा कम्पनीहरुको नाम तोकेर वा बीमा क्षेत्र नै धर्मराएको अफवाहबाट बीमा कम्पनीहरुले फेरी गुसासो गर्न सुरु गरेका छन् ।
कारण, कुनै पनि बीमा कम्पनीहरुले आफूले धारण गरेको जोखिमको पनि पुनर्बीमा (रि-इन्स्योरेन्स) गरेका हुन्छन् । एउटै कुरा याद गर्नु होस् कुनै पनि कम्पनीले जोखिम आई पर्दा पैसा दिन सक्दैनन् भने प्रश्न उठ्न सक्छ कसैले पनि बीमा किन गर्ने ?
रि-इन्योरेन्स भनेको हामीले बीमा कम्पनीलाई दिएको जोखिम पनि उनीहरुले साथमा नराखी अर्को कम्पनीलाई दिने काम हो । हाल नेपालमा २ वटा पुनर्बीमा कम्पनीहरु पनि संचालित छन् । सरकारी कम्पनी नेपाल पुनर्बीमा कम्पनी हो भने निजी क्षेत्रको लगानिमा स्थापित हिमालयन री इन्स्योरेन्स हो । यी कम्पनीले अरु बीमा कम्पनीको जोखिम आफ्नोमा राख्ने व्यवसाय गर्छन् ।
तर, वास्तविकतामा त्यस्तो हुँदैन । देशमा विद्यमान नियमन, कानुन, उनीहरुको प्रधान कार्यालय, कम्पनी राजिष्ट्रारको कार्यालय, संचालक समिति सबैबाट साझा रुपमा वैघ भएपछि बीमा कम्पनीले बीमा गर्न सुरु गर्ने हो । भनाईको मतलब उनीहरुलाई लाइसेन्स दिनुको प्रयोजन राज्यमा रहेका जोखिमहरु तिमीले बहन गर्न सक्षम छौं भनेर दिने हो । त्यसरी दिन पनि कुनै पनि बीमा कम्पनीले धेरै प्रकृया पूरा गरेका हुन्छन् ।
अब रह्यो अर्को भ्रम बीमा कम्पनीले ठूलो दाबी र कतिपय (क्लेम) को पैसा दिदैनन् भन्ने । यसमा पनि बीमालाई बुझ्ने जो कोहीले सहि र वास्तविकता विश्लेषण गर्न जरुरी छ । बरु थाहाँ छैन भने त्यसको ज्ञान जानकारबाट लिनु राम्रो हुन्छ । किनकी, संसारमा कुनै पनि विषय जान्नलाई, बुझ्नुलाई राम्रो काम मानिन्छ ।
खासमा बीमा कम्पनीहरुले बीमा गर्दा नै कागज बनाएका हुन्छन् । बीमितसँग दुई पक्षिय करार गरेका हुन्छन् । त्यस्तो करारमा एक, एक गरी बुँदामा कस्तो अवस्थामा बीमांक यानकी बीमा गरे बापतको रकम पाउने भन्ने स्पष्ट पारिएको हुन्छ । सोही कारण कुनै पनि नागरिकले आफ्नो खातामा रहेको रकम बीमा कम्पनीको खातामा पठाउने हो ।
(बीमा दर्पण डटकम :मिरोर अफ इन्स्योरेन्स )
बीमाको भुक्तानी प्रकिया बीमा गर्नु अघि पनि पढ्नु पर्छ
कुनै पनि कम्पनीले भुक्तानी दिने निश्चित प्रक्रिया छन् । तर त्यसको स्वविष्लेषण गर्दा बीमा कम्पनीहरुले दिएका सेवाको अवमूल्यन हुन जान्छ । अर्को कुरा भनेको बीमा कम्पनीको पनि मनोवल नखस्किेला भन्न सकिन्छ । किनकी कुनै पनि राम्रो कुरा बिजारोपण हुन पनि त वातावरण त निर्माण, विकास हुनुपर्यो नि ।
यदी बीमा कम्पनीहरुलाई निरुत्साहीत बनाइएकामा नागरिकले बुझ्नु पर्ने कुरा के छ भने संचालहकरुको ५, ७ अर्ब रुपैयाँ अफ्ठयारोमा पर्ने भन्दा पनि हामी नागरिकले जोगाड गरेको खर्बौ पैसा समस्यामा जान्छ । कारण, बीमा कम्पनीको मुख्य काम नै कोही पनि बीमित विधवा हुँदा, बीमितलाई दिर्घरोग लाग्दा, बीमित वा उनका हकवालाले शर्त अनुसार पैसा पाउने हो ।
अब हामीले एउटा कुरा के पनि बुझ्नु पर्छ भने बीमा कम्पनीहरुले लिएका जोखिम आफ्नै क्षमताबाट वा उनीहरुले विदेशको अर्को कम्पनीबाट पुनर्बीमा गराउछन् ।
यसमा बीमा कम्पनीको दूरदर्शीता पनि जोडिन्छ । किन भने पक्कै पनि उनीहरु त दैनिक साना ठूला जोखिम र भवितव्यकैलागि पैसा बाढ्न भनेर खडा भएका हुन् । अब कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ र त्यसको व्यवस्थापन गर्ने जिम्मा हाम्रो हो भन्ने कुरा बीमा कम्पनीले कम्पनीको लाइसेन्स लिदा, बीमितबाट पैसा लिदा वा कुनै पनि ठूला जोखिम आई परेको बेलामा पक्कै सोच्ने छन् ।
अहिले बीमा कम्पनीहरुका पनि संठगन जीवन बीमक संघ, निर्जीवन बीमक संघ र लघु बीमक संघ संचालनमा छन् । कुनै पनि ठूला आपतको घडीमा बीमा कम्पनीहरुले अकस्मात आईपर्ने ठूला दाबीका लागि तुरुन्तै छलफल गर्ने एउटा प्ल्याट्फर्मको रुपमा पनि त्यस्ता संघले काम गरोस् भन्नेमा हामी आशावादी हुनुपर्ने बेला छ ।
महा भुकम्पको बेलामा समेत मोटो रकम नागरिकलाई दिएका बीमा कम्पनीहरुले पछिल्लो समय दाबी भुक्तानीलाई झन तिव्रता दिएको अवस्था छ । एक त उनीको व्यवसाय पनि बढ्दो क्रममा नै छ भने अर्को भनेको उनीहरुले नागरिकलाई बीमांक या बीमा वापत पाउनु पर्ने रकम तिरेको आँकडा हेर्ने हो भने पनि दैनिक मोटो रकमको क्लेम सेटलमेन्ट गर्न सफल भएको अवस्था छ ।
बीमा नै नबुझ्दाको अवस्थाबाट ठूला जोखिम धारण गर्ने अवस्थासम्म आई पुग्दा बीमा कम्पनीहरुले कोरेका गोरेटो, उनीहरुले बनाएका मार्ग चित्र पनि भुल्नु हुँदैन । कारण बीमा भनेको हाम्रो लागि नै गरिने विषय हो । यसमा बरु बीमा हुने बीमा प्राधिकरण, कम्पनी र बीमित बिच हुने समन्वयमा केही ग्याप देखिन्छ । मुख्य ग्याप भनेको बीमाको बुझाईसँगै जोडिएको छ ।
अर्को कुरा बीमा आफैमा प्राविधिक विषय भएकाले यसका आफ्ना साइन्स त पक्कै छन् । तर बीमा कम्पनीसँग रहेका कारणहरु कतिको जेनुइन छन् त भनेर जान्न पाउनुु चाही कुनै पनि बीमित वा नागरिकको अधिकार क्षेत्र भित्रको कुरा हो ।
बीमा गर्दा आर्थिक लाभ मिल्छ, बीमा बुझ्दा शैक्षिक लाभ मिल्छ ।
आउनुस् एउटा उदाहरण हेरौं ।
तपाई हामीले बैंकमा एक लाख रुपैयाँ पाउँछौं भने त्यसमा ए, बि, सी जस्ले त्यती रकम राख्दा र पाउँदाको अवस्था करिब उस्तै हुन्छ । तर, दुई जनाले निर्जीवन बीमा गरेको अवस्थामा उनीहरुको दुर्घनाको प्रकृति, दुर्घटना स्थल, दुर्घटनाले पुर्याएको क्षतीमा कतिपय भिन्नता आउन सक्छ । साइड लाइट भाच्एिको हो वा गाडी जलेको हो त्यसमा चाही हामी साच्चैको गम्भिर हुन जरुरी छ । जसले गर्दा बीमा कम्पनीले अकारण भुक्तानी रोकेका हुन् की होइनन् भने पत्ता लगाउन सकिन्छ ।
तर, आपतको बेलामा दुई चार काटुन तेल, केही बोरा चामल र केही राहात सामाग्रि पाउने नेपाली समाजमा करिब ४ हजार रुपैयाँ तिर्दा बीमा कम्पनीहरुले १ करोडको भवनको बीमा हुने सुनाउछन् । यस्तो अवस्थामा सो भुक्तानी पाउन चाहिने प्रक्रिया बारेमा पनि हामी क्लियर हुनु जरुरी छ । के होला त प्रक्रिया ।
(बीमा दर्पण डटकम :मिरोर अफ इन्स्योरेन्स)