


विराटनगरको मालपोत कार्यालय कामना सेवा विकास बैंकले पुनर्निर्माण गर्ने




काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनर्निर्माण गर्ने भएको छ ।
जेनजीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय, मोरङको कार्यालय मर्मत सम्भारसमेत गर्ने भएको छ । मालपोत कार्यालय विराटनगरका तर्फवाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फवाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुषालले पुनर्निर्माणका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
हाल कार्यालय जलेर नष्ट भएको विवरण संकलनको कार्य भइरहेको र विवरण संकलनपश्चात् पुनःनिर्माणको काम सुुरु हुने बैंकले जनाएको छ ।
साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा, तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी तुलसीप्रसाद अर्याललाई हस्तान्तरण गरे ।
सो अवसरमा डीएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।