
टियूका क्याम्पसहरु कार्तिक ११ बाट खुल्ने
			
				
                
                                                                    
                                                                
काठमाडौं । देशमा उत्पन्न असहज परिस्थितीका कारण संचालन हुन नसकेका टियूका क्याम्पसहरु कार्तिक ११ गतेबाट मात्रै संचालनमा आउने भएका छन् । जेनजी आन्दोलनको चौतर्फी प्रभाव परिरहेको बेलामा टियूले समेत सूचना जारी गरेको हो ।
कातिक १० गते नेपाली हिन्दु परम्परा अनुसार पठ पर्व मनाइने भएकाले कातिक ११ गतेबाट क्याम्पसहरु खुल्ने जनाइएको छ । पछिल्लो समय राजधानी लगायत देशका विभिन्न स्थानमा छठ पर्व मनाइने गरेको देखिन्छ । यद्यपी यो विगतमा तराई भेगमा बढी मनाएको देखिन्थ्यो ।
टियूको सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिका अनुसार मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइएको हो ।


