


दनदनी घर जलेपछि गभर्नर पौडेल : आफ्नो रिस, गाँउको घर बाआमासँग पोखियो




काठमाडौं । आन्दोदनकारीबाट आफ्नो घर जलेपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूर अकारण जीनजी आन्दोलनको सिकार बन्न पुगेको स्पष्ट पारेका छन्।
उनले आफ्नो ललितपुरको मात्रै नभएर उनका बृद्ध बा, आमा बसेको चितवनको घर समेत आगलागी भएको घट्नाको समिक्षा गरेका छन्। सोही घटनापछि गभर्नर डा. पौडेलले असन्तुष्टि व्यक्त गरेका हुन् ।
यस्तो छ उनको सामाजिक संजालमा
भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो । वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थी छँदानै बनाएको घर हो । अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकी जस्तो भएकोमा अहिले सन्चो हुदैथियो ।
६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन । जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे । गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयुमा प्राध्यापक भए । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।