

जेनजी आन्दोलनमा पोखरामा जलेको एक घरमा महिलाको शव फेला




पोखरा । जेनजी प्रदर्शनकारीले पोखरामा मंगलबार जलाएको घरमा शव फेला परेको छ । हिजो दिउँसो प्रदर्शनकारीले गण्डकीको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर, होटल र उनका भाइ ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए ।
उक्त स्वरुम रहेको घरमा एक महिला मृत फेला परेकी हुन् । उनको शव प्रहरीले लगेको छ । स्थानीयका अनुसार मृत महिला सोही घरमा काम गर्दै आएकी थिइन् ।