

महासचिव गुटेरेसले गरे संयम हुन अपिल




काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गरेका हुन् ।
महासचिव गुटेरेसले सोे विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न नदिन संयमता अपनाउन र रचनात्मक मार्गप्रशस्त गर्नका लागि वार्तालाप गर्न आग्रह गरेका छन् । साथै उनले मानवअधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन् ।