
जेनजी आन्दोलनमा ३३ लाख ७० हजार नगद तथा ३१ थान हतियारसहित २७ नियन्त्रणमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले लुटेको ३३ लाख ७० हजार नगद, केही थान हतियारसहित २७ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
सेनाका अनुसार भदौ २४ गते रातिको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । सेनाले भदौ २५ गतेको बिहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने २७ जनालाई पक्राउ गरेको जनाएको छ ।


