

जेनजी भोली वार्तामा बस्ने, लुटपाट र सार्वजनिक सम्पत्ती नष्टको हिस्सा स्वीकार नगर्ने




काठमाडौँ । पछिल्लो समय आन्दोलनरत जेन्जी समूहले आफूहरु भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध नेपाल निर्माणको उद्देश्य नजिक पुगेकाले अरु कसैले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरेको सुनाएका छन् ।
उनीहरुले भोलि बुधबार आफूहरु सम्बन्धित पक्षहरूसँग वार्ताको लागि तयार रहेको बताएको हुन् ।
जेनजीको विज्ञप्तिमा भनिएको छ जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार गर्दैन ।
सोही विज्ञप्तिका अनुसार, हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ।
उनीहरुले नीतिगत स्पष्टता दर्शाउदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु र लुटपाट गर्नु आफ्नो आन्दोलनको हिस्सा नहुने बताएका छन्।
सोही कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जेनजीका साथीहरू तथा आम राष्ट्रवादी साथीहरूलाई यस्ता कार्यहरू आफ्नो आन्दोलनसँग सम्बन्धित नभएको भन्दै सचेत रहन अनुरोध गरेको बेलामा आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्न अपिल गरिएको छ।
उक्त विज्ञप्तिमा उल्लेख भए अनुसार आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक बाटोबाटै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको र जेनजीका अनुसार आन्दोलनमा सहभागी धेरै साथीहरू अहिले घर फर्किसकेको अवस्था छ ।
यसअघि नेपाली सेनाले वार्तामा बोलाएसँगै जेनजीले विज्ञप्ति जारी गरेको हो ।