

महाराजगन्जमा एक असईले गुमाए ज्यान




काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक असईले ज्यान गुमाएका छन् ।
आजै जेनजी प्रदर्शनकारीहरूले महाराजगन्जमा आगो लगाउदा निसास्सिएर एक जना असईको ज्यान गएपछि बाँकी फसेका प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
फोटोमा देखिएको महाराजगन्जस्थित प्रहरी वृत्त जलेर ध्वस्त अवस्थामा पुगेको छ ।