
प्रधानमन्त्री ओलिको राजिनामा राष्ट्रपतिद्धारा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुझाएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनले बुझाएको राजिनामा स्वीकृत गरेका हुन् ।
केही बेर अघि मात्रै उनले राजिनामा दिएका थिए । हिजोबाट सुरु भएको जेनजी आन्दोलनले उग्र रुप लिएसँगै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
राजिनामा दिएसँगै उनले देशको राजनैतीक परिस्थीती सुदृढ होस भन्दै राजिनामा दिएको बताएका छन् ।


