

प्रधानमन्त्री ओलीद्धारा राजीनामा




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
उनले सोमबार जेनजी समूहको प्रदर्शन हिंसात्मक बन्दै १९ जना युवाहरुको ज्यान गएपछि मंगलबार बाध्य भएर राजिनामा दिएका हुन् ।
दोस्रो दिन आन्दोलनले झन उग्र रुप लिएको अवस्था छ ।
नेताहरुको घर कार्यलयमा आजगती, तोडफोडको घटना घटेको बेलामा ओलीले राजीनामा दिएका छन् ।