

प्रहरीले नेता बचाउँछन्, जनता किन मार्छन् ?




काठमाडौं । जनताकै भोटबाट नेता जन्मिन्छन् । अब नेता बुबा हुन कि जनता । तर, नेताको सुरक्षामा आसेपासेको लाइन लाग्छ । जहिल्यै जनता मारमा हुन्छन् ।
नेत्तृत्व त जनताको आशा, भरोसाको केन्द्र बन्नु पर्ने हो । जन-भावनामा मलम पट्टी लगाउन तल्लीन हुनुपर्ने हो । अस्पताल छिरेर बल प्रयोग र दमन गरेर बहादुरी देखाउँने दिशामा मोडिनु हुँदैन ।
त्यसमा पनि गरिब र भुँई मान्छेहरु माथि अधिकांश अवस्थामा दमन नै गरिएको पाइन्छ ।
आज हामी एक लोकतान्त्रिक व्यवस्थामा छौं । सरकारी तहबाट यस्ता निर्णयहरु हुन्छन् जसले जनतामा ठूलो निराशा पैदा गर्छ । कारण, जन भावना बुझ्नु नेत्तृत्वको कर्तव्य होइन र ?
ठूला स्वरमा कराउन र चिच्याउन माहिर नेत्तृत्वले अब पनि व्यवहारिकता नखोज्ने र बन्दुकको नाल तेस्र्याउने हो भने नयाँ पुस्ताले के सिक्ने ? कस्तो जवाफ फर्काउने ?
कलिला युवाहरुको निर्मम हत्या भएको ठाउँमा आफ्नै छोरा, नाती, भाई, भतिजको मृत्यु भनेर सम्झिने नेत्तृत्वको ठूलो खाँचो देखिएको छ ।
गरिखानेहरुको भाडा बन्द गर्न तम्सिनेहरुको, अकारण अशान्ति मच्चाउनेहरु जो कोही भए पनि त्यसको परिणाम समेत कुनै खबतमा छर्लंग हुन सक्छ ।
देश बचाउमा हिडेका नागरिकलाई आफ्नै देश भित्र निर्मम हत्या हुनुले कलिला युवाहरुले बन्दुकको नालसँग धेरै प्रश्नहरु गरेको स्पष्ट हुन्छ ।
अब जवाफ दिने निकायमा विगतमा जस्तो दोष लगाएर, जस अपजसमा रमाएर र कुनै दोहोरी खेलेर चल्ने वाल छैन ।
एक जुगमा एकदिन एकचोटी आउछ उलटपुलट उथल पुुथल हेरफेर ल्याउँछ भन्ने भनाई समेत फेरी सार्थक बन्दै गएको छ ।
मानिसको जीवनको बदला केही पनि छैन ।
नेतालाई चारतिरबाट घेर्नु पर्ने अनि जनता ताकि ताकि मार्न पाइने वाह, गणतन्त्र ।
कलम बलियो की हतियार भन्ने पाठ सिक्दै गरेका युवाहरुलाई राज्यले हतियार उठाउनेहरु नै बलियो हुन्छ भन्ने ठूलो पाठ सिकाएको आभाष हुन्छ ।
(नेत्तृत्वले तुरुन्तै सच्चिनुपर्ने संकेत ।)