

सामाजिक संजाल बन्देजमा यूवाहरुको चरम आक्रोश, बानेश्वरमै गुमाए २ जनाले ज्यान




काठमाडौं । सामाजिक सञ्जाल ठप्प छ । सरकारले करका दायरामा नआएका केही संजाललाई रोक लागएको पूर्व सूचना समेत दिएको थियो। सोही संजालन बन्द हुँदा केही लोकप्रिय बेका संजालबाट आफ्नो अभिव्यक्ती स्वसन्त्रता, व्यवसायीक अधिकार लगायत हनन् भएको यूवाहरुले आवाज उठाउन थाले । अन्तत सरकारले समेत ठूलो पुरस्कार पाएको छ । आज मात्रै दुई जनाको ज्यान गुमाए ।
जेनजीको आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट सिभिल हस्पिटलमा एक जनाको मृत्यु भएको बेलामा छोटो समयमा सयौं युवाहरु घाइते भए। केही बेर अघि मध्यान्ह १२ बजेदेखि रातीको १० बजेसम्म राजधानीका भीआईपी क्षेत्र भन्दै बानेश्वर, सिंहदरबार, राष्ट्रपति निवास क्षेत्रमा कर्फ्यू जारी छ ।
प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन अनेकौ बल प्रयोग गरि रहेको छ । तर, हालसम्म स्थितीले साम्य हुने भन्दा पनि थप तनाबग्रस्त बन्दै गएको बुझिएको छ । केही बेर अघि मात्रै युवा पुस्ताले प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गर्ने, उनका पोस्टर च्यात्ने लगायतका कार्य गर्दै चरम विरोध प्रदर्शन गरि रहेका छन् ।