

राताम्य पुँजी बजारः डुब्दै लगानीकर्ताको करोडौ लगानी




काठमाडौँ । शेयर बजार आज पनि ओरालो यात्रा कायम रहँदा लगानीकर्ताको करोडौं रकम डुबेको छ । लगातारको गिरावटले बजारमा नकारात्मक वातावरण सिर्जना भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५२ अकंले घटेर २७०८.२५ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आइतबार वाणिज्य बैंक समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।