

आयो ट्विटर (एक्स) सरकारको सम्पर्कमा




काठमाडौं । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) नेपाल सरकारको सम्पर्कमा आएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको छ। उक्त पत्राचार मार्क नामका प्रतिनिधिबाट पठाइएको इमेलमार्फत आएको हो।
इमेलमा नेपालमा सूचीकरण गर्न आवश्यक प्रक्रिया र पेश गर्नुपर्ने कागजातबारे जानकारी मागिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्राप्त इमेलको तत्काल जवाफ पठाइसकेको र आवश्यक कागजात पठाएलगत्तै सूचीकरण प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।