
मोलुङ हाईड्रोपावरद्वारा १६औं वार्षिक सभा आह्वान

काठमाडौं। मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज १० गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुने भएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१–८२ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, आव २०८२–८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र प्रबन्ध सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित हुनेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा सहभागि हुन योग्य हुने छन् ।


