

अन्ततः मेटा आयो सरकारको सम्पर्कमा, माग्यो दर्ता प्रक्रियाको विवरण




काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको मुख्य कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि मेटा सरकारको सम्पर्कमा आएको हो ।
मेटाको सिंगापुर कार्यालयले सञ्चार मन्त्रालयमा दर्ता हुने विवरण मागेको प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिए ।
विवरण माग गरेपछि दर्ता गर्ने विवरण इमेलमार्फत पठाएको बताइएको छ ।
मन्त्रालयले आज विभिन्न २६ वटा सामाजिक सञ्जाल निस्कृय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।