

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा कारोबार हुँदैछ सुनचाँदी ?




काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ। कही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, आज भने स्थिर भएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
बिहीबार चाँदी पनि बुधबार कायम मूल्यमा नै कारोबार भइरहेको छ। आज चाँदी तोलाको २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार भने चाँदी तोलाको २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएर रेकर्ड कायम गरेको थियो।