

निजामती कर्मचारीहरूले उपचार सुविधा स्वास्थ्य बीमा बोर्डबाटै पाउने




काठमाडौं । निजामती कर्मचारीहरूले स्वास्थ्य उपचार सुविधा स्वास्थ्य बीमाा बोर्डबाटै पाउने भएका छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निजामती सेवा विधेयकमा यस्तोव्यवस्था मिलाएको हो।
‘नेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बीमाासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमाा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमाा योजना लागू गर्ने’ व्यवस्था निजामती सेवा विधेयकमा उल्लेख गरिएको हो।
अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा ल्याइएको निजामती सेवा विधेयकमा ुनेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमाा योजना लागू गर्ने व्यवस्था’ गरिएको उल्लेख थियो।
निजामती सेवा विधेयकबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा छलफल गरिएको थियो। उक्त छलफलले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बीमाासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमाा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमाा योजना लागू गर्ने’ व्यवस्था गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय सभाको विधायन समितिमा निजामती सेवा विधेयकबारे छलफल हुँदा यसबारे चासो राखेका थिए भने मन्त्रालयका तर्फबाट पत्र नै पठाएर निजामती कर्मचारी र प्रतिनिधि सभाले पारित गरेको सामाजिक सुरक्षा कोषमार्फत निजामती कर्मचारी र उनका परिवारलाई स्वास्थ्य बीमा योजना लागू गर्ने प्रावधानमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले फरक मत दिएको थियो ।
समितिको आइतबारको बैठकले सो व्यवस्था हटाएर स्वास्थ्य बीमा बोर्डमार्फत नै बीमा सुविधा दिनुपर्ने निर्णय लागु गनुपर्ने राय निकालेको छ ।